Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा डेढ महिनामा ओभरलोड बोक्ने ६७९ टिपर परे कार्वाहीमा

मकवानपुर-1644240967.jpg

२४ माघ,हेटौंडा। मकवानपुरमा रहेका तिन वटा सिमेन्ट उद्योगका साथै उन्य प्रयोगका लागि नदिजन्य पदार्थ र चुनढुङ्गा बोक्ने ६७९ टिपरलाई कार्वाही गरिएको छ।उक्त संख्याका टिपरलाई तोकिएको भन्दा बढी(ओभरलोड)बोकेका कारण कार्वाही गरिएको हो।  

मकवानपुरको मुख्य बजार,मानव बस्ति तथा  राजमार्ग भएर ओभरलोड बोकेर हुइकिने टिपरलाई कार्वाही गरिएको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन। 

ट्राफिक प्रमुख पाँण्डेले नियमित चेकजाँचका क्रममा,जिल्लाभित्र रहेका ट्राफिक चेकपोस्टमा र राजमार्ग चेकिङका क्रममा ओभरलोड चुनदुङ्गा बोकेका ६७९ टिपरलाई ट्राफिक जरिवान(कार्वाही) गरिएको बताएका छन।स्थानीयस्थरबाट ओभरलोडका कारण उत्पन्न हुने दुर्घटना र आएको जनगुनासो सहित नियमित चेकजाँच र सचेत गराउदा समेत टिपरले नमाने पछि यही पुस महिनादेखि अभियाननै चलाएर ओभरलोड बोकेका टिपरलाई कार्वाही गरिन थालिएको प्रहरी निरीक्षक पाँण्डेले बताए।

"अहिले अभियाननै सञ्चालन गरेर ओभरलोड बोकेका टिपरलाई कार्वाही गर्ने गरेका छौ, पुस १ गतेदेखि माघ २३ गते आइतबार सम्म करिब ६७९ ओभरलोड बोकेका टिपरलाई कार्वाही स्वरुप ट्राफिक नियममा उल्लेख भए बमोजिम अधिकतम २ हजार सम्म जरिवाना तिराएका छौ,जरिवाना मात्र गरेर ओभरलोड नियन्त्रणमा आउने होइन,स्वयं टिपर चालक र व्यवसायीले नियम पालना गरे ओभरलोडको समस्या आउदै,आउदैन"।- ट्राफिक प्रमुख पाँण्डेले भने।उनले उक्त टिपेको कारबाहीबाट किरब  ७ लाख १२ हजार ५ सय राजस्व सङ्कलन भएको बताए।

यता यस बिषयमा बुझ्दा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले तोकिएको भन्दा बढी ढुङ्गा बोकेका टिपरलाई कार्वाही गर्न ट्राफिक प्रहरीलाई  स्पष्ट आदेश दिएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार