२७ माघ, हेटौंडा । मकवानपुरको विकट राक्सीराङ्ग र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई विहिबार नेपाली कांग्रेस बागमती प्रदेशले जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको हो ।
त्यसैगरी मनहरी ४ का नयाँवस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका २ सय घरपरिवार र मनहरी ३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती राक्सीराङ गाउँपालिका अध्यक्ष एवं कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजकुमार मल्ल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका सभाति बीरेन्द्र जिम्बा, मनहरी ३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












