Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

चारदेशीय टी–२० सिरिजमा नेपाल युएईसँग पराजित

Cricket-Team1644563002-1644669867.jpg

२० माघ, हेटौंडा । चारदेशीय टी–२० सिरिज क्रिकेट अन्तर्गत शनिवार भएको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिवारको खेलमा नेपाल युएईविरुद्ध २५ रनको पराजित भएको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रनमा समेटियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन बनाएको इनिङ्समा ३३, आसिफ शेखले ३४, ज्ञानेन्द्र मल्लले २२ रन बनाए । यस्तै आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे । युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिँदा जुनैद सिद्धिकीले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन बनाएको थियो । युएईका लागि चिराग सुरीले अविजित ८४ रन बनाउँदा रोहन मुस्ताफाले ४९, मोहमद वासिमले २२ रन र मोहमद बुटाले १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार