Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले मकवानपुरले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सिफारीस टुुङग्यायो 

CPN_(UML).jpg-1507208776.png

१९ असोज, हेटौँडा । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले क्षेत्र नंबर १ र २ का लागी उम्मेदवार सिफासिर टुङगयाएको छ । विहिबार हेटौँडामा भएको क्षेत्रीय कमिटिहरुको छुटाछुटै बैठकले प्रतिनिधिसभाको उम्मेद्वारहरु सिफारिसको टुङगो लगाएको हो । 
बैठकले क्षेत्र नम्बर १ का लागी कृष्णप्रसाद दाहाल, अनन्त पौडेल र चन्द्रकला ढुंगानाको नाम सिफसिर गरेको छ । यसैगरी एमाले मकवानपुरले क्षेत्र नंबर २ का लागी  बिरोध खतिवडा, ठाकुराम खड्का र शुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ ।
एमाले केन्द्रीय कमिटिले निर्देशन गरे बमोजिम एक महिला सहित ३ जना उम्मेद्वारको लागि सिफारिस गर्नुपर्ने भए पनि क्षेत्र नम्बर २ मा महिला आकांक्षि नरहेकाले तीन जना पुरुषकै नाम सिफारिस गरिएको बताइएको छ ।
यसअघि नेकपा एमाले मकवानपुरले प्रदेश सभा निर्वाचनका लागी बुधबारनै चारै क्षेत्रका उम्मेदवारको नाम सिफासिर गरीसकेको छ । सिफरिसमा पर्नेहरुमा प्रदेश नम्बर १ बाट बद्रि लम्साल, रामचन्द्र राई, कमल विष्ट, कृष्णप्रसाद चौलागाई, अणराज जर्घामगर, मदन दाहाल र सीता विष्ट रहेका छन् । यस्तै २ नम्बर क्षेत्रबाट रामेश्वर रानाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा चयन भएको छ भने ३ नम्बरबाट डोरमणि पौडेल, श्रीधर पोखरेल र गायत्री सुवेदीको नाम सिफारीस भएको छ । यसैगरी ४ नम्बर क्षेत्रबाट सांसद राजाराम स्याङ्तानसहित फटक बहादुर (पीबी) गोले, दुर्गा सुवेदी र महेश बर्तौलाको नाम सिफारिस गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार