Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागी उम्मदवारको मनोनयन आज, भोली मतदान हुने

FB_IMG_1645796965765-1645-1645931133.jpg

१५ फागुन, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन हुँदै छ ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति मकवानुरले सार्वजनिक गरेको कार्य तालिका अनुसार आज आइतबारबाट आगामी नयाँ नेतृत्वको लागी चुनावी प्रकृया सुरु हुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार जिल्ला कार्य समितिको लागि आज आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र सोमबार भोली मतदान हुने छ ।
नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार बसेको संयुक्त बैठकले १४ औं जिल्ला अधिबेशन अन्तर्गत फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे गर्ने निर्णय गरेको छ ।
यस्तै मतदान भने फागुन १६ गते सोमबार विहान ८ बजेबाट हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए । चुनावी कार्यक्रम हेटौंडा–१ चौकीटोलामा हुने निर्वाचन अधिकृत सुवेदीले बताए ।
नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागी हालका सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली र जयराम लामिछानेले दावी गरेका छन् ।
नेता लामीछानेले आफ्नो प्यानको पदाधिकारी चयन गरिसकेका छन् भने लामा र पराजुलीले मनोनयन दर्ता गर्ने समयसम्ममा आफ्नो प्यानल सार्वजनिक गर्ने बताएका छन् ।
 

FB_IMG_1645799252235-1645-1645931134.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार