Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सर्बोच्चको निर्णयः आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई पुनःवहाली गराउ

Gopal-Bahadur-Khadka-1507467361.jpg

२२ असोज, हेटौँडा । सर्वोच्च अदालतले आयल निगमको प्रबन्धन निर्देशकबाट हटाइएको गोपाल खड्कालाई पुनःवहालीको आदेश दिएको छ । पेट्रोलियम पदार्थ भण्डारणका लागि निगमले जग्गा किन्दा अनियमितता गरेको भन्दै संसदका विभिन्न समितिले भनेपछि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदमुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्काले दर्ता गरेको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले आइतबार पुनःवहालीको आदेश दिएको हो । 
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले  मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । यो आदेशले खड्कालाई काममा फर्किन बाटो खुला भएको छ । 
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले स्थलगत अनुगमन गरेर निगमले देशका विभिन्न स्थानमा पेट्रोलियम भण्डारणका लागि जग्गा किन्दा करोडौँ अनियमितता गरेको प्रतिवेदन तयार पारेको थियो । 
यस्तै संसदको सुशासन समितिले समेत आपूर्ति सचिवलाई बोलाएर सोधेपछि अनियमितता भएको प्रमाणित भएपछि पदमुक्त गर्न प्रधानमन्त्रीको कार्यालयमा चिठि पठाइएको थियो ।
असोज २ गते बसेको बैठकले खड्कालाई पदमुक्त गरेको निर्णय गरेकामा खड्काले आफु विदा बसेका बेलामा आफुलाई हटाउने निर्णय गरेको भन्दै आफ्नो कार्यकाल अझै बाँकि रहेको भन्दै पुनःवहालीका लागि रिट निवेदन दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार