Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको सचेतना कार्यक्रम

Pashupatinagar-1646406081.jpg

२० फागुन,हेटौंडा। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले यौनजन्य दुव्र्यवहार सम्बन्धि सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको छ।केन्द्रले शुक्रबार हेटौंडा–१४ मयुरधापमा रहेको  जनज्योति माध्यमिक विद्यालयमा यौनजन्य दुर्व्यवहार सम्बन्धी सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको हो। 

केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजन गरेको हो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडा कुमारी खड्काले यौनजन्य दुव्र्यवहारका विभिन्न पक्षमा प्रकाश पार्दै सहजीकरण गरेकी थिइन् ।सभाका अध्यक्ष बिष्टले बालिकाहरू यौनजन्य दुव्र्यवहार गर्ने विरूद्व खरो रूपमा प्रतिकार गर्दै अघि बढनु पर्ने बताएका छन्।
कार्यक्रममा उपस्थित बालिकाहरूलाई प्रहरी निरीक्षक खड्काले सेनिट्यारी प्याड वितरण गर्दै विद्यालयलाई सेनिट्यारी प्याड, माक्स, सेनिटाइजर, ग्लोब्स तथा एक थान डिसपेन्सर हस्तान्तरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर एवं ईलाका प्रहरी कार्यालय पशुपतिनगरको सहकार्यमा गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गाना, विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुईटेल,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी सहायक निरीक्षक उदिम बहादुर हायु, सेवाको लागि युवा हेटौंडाका टिम लिडर विवश सुवेदी, केन्द्रका सचिव रमिला सापकोटा, कोषाध्यक्ष राम प्रसाद कोइराला, सचिवालय सदस्य अच्युतराज मिश्र, नबराज कोइराला, प्रज लिला गुरौ लगाएतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार