Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बी डिभिजन लिगमा श्रीकुमारी र सामाजिक बराबरीमा रोकिए

चर्च ब्वाईजको लगातार दोस्रो जित

Church-Boys1646545497-1646614851.jpg

२३ फागुन, हेटौंडा । सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा चर्च ब्वाईजले लगातार दोस्रो जित निकालेको छ । 
एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको दिनको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । सुरुआती अग्रता लिएको कुमारीले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । 
कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गर्दा सामाजिक युथक लागि बसन्त बहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल गरे । आइतबारको खेलसँगै श्री कुमारीले लगातार दोस्रो बराबरी खेल्दै अंक बाँडेको छ भने सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ ।
बी डिभिजन फुटबल अन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा चर्चब्वाईजले खुमलटार युथ क्लबलाई २–० ले  हरायो । चर्चब्वाईजको जितमा आशिषले दुई गोल गरे । यो जित सँगै चर्चब्वाईजले जारी लिगमा लगातार दोस्रो जित निकालेको हो । 
जितसँगै चर्च ब्वाईजले तालिकामा ६ अंक जोडेको छ । उता खुमलटारले पनि पहिलो हार भोगेको छ । यस अघि आफ्नो पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटि)लाई ३–१ गोल अन्तरले हराउँदै लिगमा सुखद सुरुआत गरेको थियो ।
१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार