Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हेटौंडामा जारी दुईदिने बृहत साहित्य महोत्सव सम्पन्न

Screenshot_20220307-20145-1646663524.jpg

२३ फागुन,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २१ गतेबाट जारी बृहत साहित्य महोत्सव सोमबार सम्पन्न भएको छ । 
मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जको आयोजनामा जारी बृहत साहित्य महोत्सवलाई हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको थियो।  

महोत्सवको पहिलो दिन  “साहित्यमा राजनीति’ विषयमाथि बहस   त्यसैगरी ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । महोत्सवको बहसमा घनश्याम घिमिरे र वरिष्ठ पत्रकार ठाकुर बेलवासेले सहजीकरण गरेका थिए भने साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । उक्त कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरेका थिए । 
महोत्सवको दोस्रो दिन बिहान हेटौंडामा साइकल संरचनाको सम्भावना विषयमा अन्र्तक्रिया भएको थियो । उक्त कार्यक्रम आँचल र हिमालयन राईडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको थियो । यस्तै दोस्रो दिनको दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीय स्थल गुम्बा डाँडामा आयोजना गरिएको थियो ।  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो ।महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रर्दशनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रर्दशनी गरिएको थियो । यस्तै महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामाग्रीहरु पनि प्रर्दशनीमा राखिएको आँचलकी अध्यक्ष अनिता न्यौपानले बताईन् ।कार्यक्रममा मकवानपुरका साहित्यक संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार