Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण शुभारम्भ

275319870_139957132381406-1646785681.jpg

२५ फागुन, हेटौंडा । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ । ११२ औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरुबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्याड वितरणको सुरुवात गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले स्यानेटरी प्याड हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेकी हुन् । उनले महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
सञ्चारिका समूह नेपाल मकवानपुरले उपलब्ध गराउने स्यानेटरी प्याड पत्रकार महासंघ मकवानपुरको कार्यलयमा राखिने र आवस्यक पर्ने महिला पत्रकारहरुले लैजान सक्ने सञ्चारिका समूहकी मकवानपुर अध्यक्ष सम्झना रिजालले जानकारी दिईन । कार्यस्थलमा निस्केका बेला कहिलेकाँही आकस्मिक रुपमा चाहिन सक्ने भएकाले स्यानेटरी प्याडको सहज उपलब्धताका लागी समूहले निशुल्क वितरण सुरु गरिएको अध्यक्ष रिजालले बताईन ।
सञ्चारिका समूह नेपाल मकवानपुरकी अध्यक्ष सम्झना रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति रहेको थियो ।
 

275087272_308603731260168-1646785684.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार