Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

तेस्रो अभ्यास खेलमा पनि नेपाली टोलीलाई सफलता

nepali-cricket-team-16464-1646961921.jpg

२७ फागुन, हेटौंडा । युएईमा हुने विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार श्रीलंका पुलिसालई १ सय ४४ रनले पराजित गर्दै जितलाई निरन्तरता दिएको छ । 
नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अलआउट भयो । श्रीलंका पुलिसका कप्तान सी सिल्भाले ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एस मौर्याले ५० तथा एल वेभिताले ३७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।    
नेपालको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका करणले बलिङतर्फ ३ विकेट हात पारे । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २÷२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३१ रन बनायो । श्रीलंका पुलिसविरुद्ध नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ७२ रनको इनिङ खेले । कुशलले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा करणले ५३ रन जोडे । अर्का ओपनर आसिफ ५२ रन बनाएर मैदान बाहिरिए ।
कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे । आरिफ शेखले २६, बिनोद भण्डारीले ३, पवर सर्राफले ३ र भिम सार्कीले २ रन बनाए । श्रीलंका पुलिसका टी सम्पथ र एम प्रियदर्शनाले समान २÷२ विकेट हात पारे । 
४ अभ्यास खेलका लागी श्रीलंकामा रहेको नेपाली टोली मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले उक्त सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार