२७ फागुन,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाडाँमा रहेको नव निर्मित पिप्ले क्याम्पा रंगशालाको उदघाटन गरिएको छ।
निर्माण सुरु गरेको १ वर्ष १६ दिनमै निर्माण सम्पन्न भइ शुक्रबार एक समारोहका बीच उक्त रंगशालाको उदघाटन गरिएको हो। रंगशालाको हेटौंडाका नगर प्रमुख हरि बहादुर महतले उदघाटन गरेका हुन।
रंगशाला निर्माण अभियान पिप्ले युवा क्लब तथा क्लबका अध्यक्ष सुशिल घिमिरेको अगुवाई तथा स्थानीय सरोकारवाला निकायको समन्वयमा करिब १ वर्ष अघीबाट सुरु गरिएको थियो।करिब ५ हजार दर्शक अट्ने सक्ने प्याराफिट सहितको उक्त रंगशाला करिब १ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले बताएका छन्।
"रंगशालामा फुटबलसहित एथ्लेटिक्सका लागि ट्रयाक समेत निर्माण गरिएको र अब रंगशाला परिसरमै कभर्ड हल निर्माण गरेर करिब २० हजार दर्शक अट्ने प्याराफिट निर्माण गर्छौ"-घिमिरेले भने।
रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिका ,वडा नम्बर ५ का स्थानीय तथा वडावासीको तर्फबाट १ करोड ३९ लाख रुपैयाँ, विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ।
उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महतले प्याराफिट सहितको रंगशाला निर्माणले खेलप्रमीलाई प्याराफिटमा बसेर खेल हेर्न हौसला मिल्ने बताए।आज उदघाटन गरिएको रंगशालामा भोलि शनिबारबाट हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उदघाटन हुदैछ।खेलकुद प्रतियोगिताको उदघाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे गर्ने जनाइएको छ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












