Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राज्यमन्त्री प्रजाद्वारा खैराङमा स्वास्थ्य सेवा केन्द्र उद्घाटन

275366426_509905627429610-1647049976.jpg

२८ फागुन, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका राक्सिराङको वडा नम्बर ९ स्थित कोखारीमा शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । 
करिब ३८ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य सेवा केन्द्र भवनको शुक्रबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गरेका हुन् । राक्सिराङका विभिन्न वडामा स्वास्थ्य ईकाईका पक्की भवन निर्माण गर्ने क्रममा कोखारीमा पनि स्वास्थ्य ईकाईको भवन निर्माण गरिएको हो । 
स्वास्थ्य ईकाईको भवन उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले सपना बाँड्ने कम्युनिष्टहरुले केही काम गर्न नसकेकाले अब विकासको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । कांग्रेसले नेतृत्व गरेको विकट राक्सिराङ गाउँपालिकामा विकासका धेरै काम गर्न सफल भएको भन्दै उनले प्रशंसा गरे । शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारलगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको भन्दै आफ्नो कार्यकालमा पनि  राक्सिराङमा प्रयाप्त बजेट छुट्याउने प्रतिवद्धता उनले जनाए ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको बजेटले धान्न नसकेका योजनाहरु प्रदेशबाट छुट्याउन राज्यमन्त्री प्रजालाई आग्रह गरे । विकासका लागि अझै समस्या र चुनौतीहरु धेरै रहेको स्मरण गर्दै उनले सबैको साथ र सहयोग लिएर राक्सिराङको आवश्यकता पूरा गर्न आफूले प्रयाप्त काम गरेको उनको दावी थियो । 
राक्सिराङ गाउँपालिका ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, बागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्ल ठकुरी, राज्यमन्त्रीका निजी सचिव खेम चेपाङ, कोखारी स्वास्थ्य सेवा केन्द्रका कर्मचारी जीवन ठकुरी, निर्माण व्यवसायीका प्रतिनिधि बालकृष्ण खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

275374308_753085462274317-1647049977.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार