२९ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रम आज आइतबारबाट सुरु हुँदै छ । नेपाली कांग्रेसको ’घरघर जाउ कांग्रेस जिताउ’ अभियान अन्तर्गत अभियानको आज हेटौंडामा एक घोषणा कार्यक्रम गरि सुरुवात गर्न लागिएको हो ।
अभियान आजबाट ७७ वटै जिल्लामा एक साथ सुरु हुँदैछ । अभियानको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने घोषणा सभामा नेपाली कांग्रेसका युवा नेता एवं प्रखर वक्ता गुरुराज घिमिरे केन्द्रीय प्रतिनिधिका रुपमा आउँदै छन् । यस्तै घोषणा सभालाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापती एवं बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधि घिमिरेले घोषणा सभामा नेपाली कांग्रेसको केन्द्रीय अभियानको बारेमा जानकारी गराउने सभापति लामाले बताए । नेपाली कांग्रेसले बैशाखमा हुने स्थानिय तह निर्वाचन केन्द्रित गरि ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान यहि फागुन २९ गतेदेखि चैत्र २० सम्म एक महिनासम्म सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तर्गत कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भइ लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरूलाई एकतावद्ध बनाएर परिचालन गर्ने छ । यसैगरी यो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता समेत दिइने भएको छ ।
कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरूलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यसअघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरूको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ ।
यसैगरी एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरूले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि प्रशिक्षणसमेत सञ्चालन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)






