Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

275551727_321405403220178-1647217076.jpg

३० फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रम आइतबारबाट सुरु भएको छ । नेपाली कांग्रेसको ’घरघर जाउ कांग्रेस जिताउ’ अभियान अन्तर्गत अभियानको आइतबार हेटौंडामा एक घोषणा कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको हो ।
अभियान शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले केपी शर्मा ओलीले मुलुकलाई नियन्त्रणमा लिएर जनतालाई दुःख दिने काम बाहेक केही नगरेको आरोप लगाएत । उनले कांग्रेसको अभियानमा तत्कालिन ओली सरकारले गरेको झुटको खेलीका बारेमा जनतालाई राम्रोसँग बुझाउन आवश्यक रहेको बताए ।
एक महिने अभियानपछि वडा वडामा पार्टीको अवस्था र स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि गर्नुपर्ने योजनासहितको खाका आउनेगरि अभियान लिएर गाउँजान नेता घिमिरेले प्रतिनिधिहरुलाई निर्देशन दिए । उनले अभियान अन्तर्गत मतदातालाई भोट हाल्न अभिप्रेरित गर्ने, कांग्रेसलाई मतदान गर्न अभिप्रेरित गर्ने, कांग्रेसको नेतृत्वमा भएका कार्यको बारेमा जानकारी गराउने, शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कामको बारेमा जानकारी गराउने र आफ्नो भावी योजनाको बिषयमा जनतालाई जानकारी गराउन आग्रह गरे ।
कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबाहक सभापति बिष्णु लामिछाने, उपसभापति आनन्द कठायत, संघीय सभापतिद्वय लोक मुक्तान र दामोदर खनाल, प्रदेशसभा क्षेत्रीय सभापतिद्वय सुशान्त श्रेष्ठ र रञ्जन कालाखेती, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं, नेताहरु अशोकराज शाक्य, लक्ष्मी श्रेष्ठ लगायतका नेताहरुले कांग्रेसको एक महिने अभियानलाई फलदायी बनाउनुपर्ने धारणा राखेका थिए । आन्तरिक निर्वाचनको बिषयलाई विर्सिएर स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने गरी एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार