३० फागुन,हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा अटिजम भएका बालबालिकाका लागि संचालनमा ल्याइएको सिकाई केन्द्र ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका छन्। सोमबार दिउँसो हेटौंडा ४, कर्रास्थित अटिजम भएका बालबालिकाका लागि संचालनमा ल्याइएको सिकाई केन्द्र ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका हुन।
अवलोकनका क्रममा प्रदेश प्रमुख शर्माले अटिजम सन्तानका आमाबाट संचालन आरम्भ भएको सेन्टरलाई सफलताको कामना गर्दै यस कार्यबाट आफू प्रभावित बनेको बताएका छन्। प्रमुख शर्माले अटिजम भएका बालबालिकालाई ध्यान दिएकोमा सेन्टरले धन्यबाद दिदै अटिजम भएका बालबालिकाको सिकाई तथा विकास अभिवृद्दि भई सक्षम नागरिक तयार गराउँन सघाउ पुग्नेछ भन्ने आशा लिएको बताए।
सेन्टरमा हाल अटिजम भएका ३ देखि १० वर्षका १३ जना बालक रहेका छन् । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उनीहरुलाई आवश्यकता अनुसार सिकाई तथा थेरापी पद्दतीबाट उपचार गराईने सेन्टरकी संयोजक अस्मिता कालिका थपलियाले जानकारी दिइन् ।
अहिले भाडाको घरमा संचालन गरिएको सेन्टरको संयोजक थपलिया, निशला श्रेष्ठ र उमा पौडेलले व्यवस्थापन गरिरहेका छन् । एक जना अकुपेसनल थेरापिस्ट तथा अन्य ८ जना शिक्षक गरी ९ जना कर्मचारीको पारिश्रमिक तथा अन्य आवश्यक व्यवस्थापन उनीहरुले गरिरहेका छन्।आफ्नै बच्चाको सिकाई तथा उपचार हुनाका साथै समुदायका अन्य अटिजम बालबालिकालाई लाभ पुगिरहेको सेन्टरका सचिव शेखर थपलियाले बताए ।
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)






