Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

क्रिकेटमा काठमाडौं विजयी, ब्याटमिन्टनमा चितवन र धादिङ प्रथम

Screenshot_20220315-19001-1647350327.jpg

१ चैत, हेटौंंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेल पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ ।  
पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो र खेलको दोस्रो हाफमा ४ गोल थप गर्दै ६–० गोल अन्तरले सिन्धुली क्वाटरफाइनल प्रवेश गरेको हो । 
दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो । 
बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच हुनेछ । दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो । खेल नकआउट चरणमा खेलाइएको छ ।    
ब्याटमिन्टन खेलमा चितवन र धादिङ प्रथम 
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा पुरुष तर्फ चितवन प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो । दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताए ।
महिला तर्फभने  धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै प्रथम भएको हो ।  त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्टले बताए । ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।
प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिव लगायतले मेडल, प्रमाण र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौविस हजार र अठार हजार प्राप्त गरेका छन् ।  
महिला क्रिकेटमा काठमाडौं विजयी 
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ  काठमाडौं विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३  रन बनाउनुभएको थियो ।  
चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएका थियो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेका थिए ।
पुरुष तर्फको खेल भने बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
 मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार