३ चैत, हेटौंडा । आज फागु पुर्णिमा अर्थात होली देशभर मनाइदैछ । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ ।
नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दि बैठक दक्षिणमा तीनतले चीर ठड्याइन्छ । यसो गरेपछि फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतिकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढालिन्छ । पछि त्यसलाई टुँडिखेल पुर्याएर दहन गरिन्छ । चिर ढालिनु अघि अन्तिममा दर्शन र पूजा गर्ने परम्परा रहेको छ । चीर दाहपछि बनेको खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ ।
त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन, प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगो होमिइन् तर आगोले प्रल्हाद वरु केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे ।
यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाईदिने चलन छ । यहि पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलो सहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ । रातो टिका लगाएर खुसियाली मनाइन्छ । आजको दिनलाई पर्व विदाका रुपमा सार्वजनिक विदा दिने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी जिल्लामा पुर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकोले त्यहि अनुसार विदा दिने चलन छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाईमार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकरठुलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेकोर खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । विशेषगरी नारदपुराण र भविष्य पुराणमाहोलीको प्राचीनताबारे उल्लेख गरिएको छ ।
होलीकोदिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्गलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवतीतथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिड्ने गर्दछन् । होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रियरङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ त्यहि भएर प्रायः देवताहरूलाई रातोरंगका पहिरनमा देखाइन्छ ।
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...