११ चैत, हेटौंडा । आयोजक बागमती युवा क्लवलाई टाइब्रेकरमा निराश बनाउँदै साविक विजेता हेटौंडाको पिप्ले युवा क्लव छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनलमा आयोजकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पिप्ले उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरसहित बराबरी भएपछि खेलको टाइब्रेकरमा केलिएको थियो ।
पिप्लेको जितका लागी अशोक खवास, ऋतिक खड्का, कुलदीप कार्की र मार्टिन्सको प्रहार गोलमा परिणत हुँदा सर्लाहीका आयुष राना मगर र अनिल रानाले मात्रै गोल गरेका थिए । सर्लाहीका अमर श्रेष्ठको प्रहार पिप्लेका गोलरक्षक अनिष देउलाले बचाउ गर्दा ईमान घलानको प्रहार बाहिरिएको थियो ।
खेलमा पिप्लेका गोलरक्षक देउला नै म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब पिप्लेले उपाधिका लागि मछिन्द्र क्लव र सुदूरपश्चिम ११ को विजेतासंग १३ गते आइतबार खेल्नेछ ।
बागमती युवा क्लव सर्लाहीको आयोजना तथा बागमती नगरपालिकाको सहयोगमा जारी छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
गत बर्षपनि आयोजकलाई टाइब्रेकरमै हराउँदै उपाधि जितेको पिप्लेले यस बर्षपनि फाइनलमा स्थान बनाएको हो । सन्तोष श्रेष्ठ स्मृति खेल मैदान बागमती नगरपालिका–११ सर्लाहीमा जारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







