१२ चैत, हेटौंडा । दुई एकदिवसीय सिरिज अन्तर्गतको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग नेपाल पराजित भएको छ ।
२ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग ६ रनले पराजित भएको हो । टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो ।
पीएनजीले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो । नेपालका लागी रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतक बनाएपनि जित निकाल्न सकेन । रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
यस्तै नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २÷२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट हात पारे ।
जितसँगै पीएनजीले दुई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आज शनिबार हुनेछ । दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







