१४ चैत, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनायो । पीएनजीका लागि नोरमान भानुवाले ५२ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई करण केसीले आउट गरे । करणले नै सिमोन आटेलाई आउट गराए । यसअघि पीएनजीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो ।
टोनी उरा ५ रन बनाएर आउट भए । उनलाई करण केसीले क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा पीएनजीले दोस्रो विकेट गुमायो । पीएनजीका लेगा सिकालाई २१ रनमा सोमपाल कामीले क्याच आउट गराए ।पीएनजीले छैटौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । पीएनजीका कार्लेस अमिनीलाई अबिनास बोहोराले २२ रनमा बोल्ड आउट गराए । पीएनजीका असाड भाला नवौं ओभरको अन्तिम बलमा ७ रन बनाएर पेवेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराए ।
सन्दीपले नेपाललाई ११औं ओभरको अन्तिम बलमा पाँचौं सफलता दिलाए । उनले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गराए । पीएनजीले १२औं ओभरको तेस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका रिले हेकुरेलाई अबिनासले ३ रनमा क्याच आउट गराए । १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो सातौं विकेट गुमायो । पीएनजीका जोसन किलालाई सन्दीप लामिछानेले खाता खोल्न नपाउँदै एलबीडब्लू आउट गराए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् । १२औं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका आसिफ शेख ४३ रन बनाएर आउट भए । उनलाई अलेइ नोले क्याच आउट गराए । १३औं ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३४ रन बनाएर आउट भए । उनलाई काड सोपरले क्याच आउट गराए ।
१४औं ओभरको पहिलो बलमा नेपालले आफ्नो चौथो विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउ भए । उनलाई कार्लेश अमिनीले क्याच आउट गराए । १५औं ओभरको तेस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका कुशल मल्ल ११ रन बनाएर बोल्ड आउट भए । उनलाई रिले हेकुरेले बोल्ड गराएका हुन् । १६औं ओभरको दोस्रो बलमा नेपालले छैटौं विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् । १७औं ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।त्यसपछि नेपालले १९औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् । (रातोपाटीबाट)
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







