Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

त्रिदेशीय टी–२० श्रृंखलामा नेपाल एक खेल अगावै फाइनलमा 

nepal-win1648727428-1648775137.jpg

१८ चैत, हेटौंडा । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि ३७ रनको जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीलाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो । यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । 
नेपालका दीपेन्द्रसिंह ऐरी ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिल आलमले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए ।
पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । एक दिवसीय शृखंलमा खराब नतिजा निकाले पनि टी–२० शृखंलामा सफलता पाएका सन्दीप लामिछानले सबै खेलाडीको मिहिनतेले जित सहज भएको बताए । उता अन्तिम ओभरमा ह्याट्रिक गर्दै सर्वाधिक ५ विकेट निकाले पछि करण केसीले सफलता आफ्नो लागि विशेष भएको प्रतिक्रिया दिए । करणले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए । 
नेपालले दिएको दुई सय ४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गर्ने क्रममा पिएनजीका चाल्र्स एमिनीले सर्वाधिक ६२ रन बनाए । चाल्र्सले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए । 
पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिदाँ कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे । श्रृखंलामा आज शुक्रबार पिएनजी र मलेशियाबीच दोस्रो खेल हुँदै छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार