१८ चैत, हेटौंडा । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि ३७ रनको जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीलाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो । यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरी ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिल आलमले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए ।
पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । एक दिवसीय शृखंलमा खराब नतिजा निकाले पनि टी–२० शृखंलामा सफलता पाएका सन्दीप लामिछानले सबै खेलाडीको मिहिनतेले जित सहज भएको बताए । उता अन्तिम ओभरमा ह्याट्रिक गर्दै सर्वाधिक ५ विकेट निकाले पछि करण केसीले सफलता आफ्नो लागि विशेष भएको प्रतिक्रिया दिए । करणले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए ।
नेपालले दिएको दुई सय ४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गर्ने क्रममा पिएनजीका चाल्र्स एमिनीले सर्वाधिक ६२ रन बनाए । चाल्र्सले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।
पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिदाँ कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे । श्रृखंलामा आज शुक्रबार पिएनजी र मलेशियाबीच दोस्रो खेल हुँदै छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







