Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधि नेपाललाई 

champions-cricket-nepal-1-1649118328.jpg

२२ चैत, हेटौंडा । दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई पराजित गर्दै त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । 
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै भ्रमणकारी टोली पिएनजीविरुद्ध ५० रनको जित निकाल्दै उपाधि उचालेको हो । यससँगै सन्दिप लामिछानको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालको हो ।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउदै १ सय १८ रनमात्र जोड्न सक्यो ।  पिएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक, पिएनजीको खातामा ओपनर चाल्र्स एमिनीले १५ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपाललाई सफलता हात लागेको हो ।
पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । यसबाहेक, करण केसीको नाममा तीन विकेट रहँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । करणले तीन ओभरमा २७ रन खर्चिदा सन्दीपले चार ओभरमा २५ रन खर्चिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा पिएनजीलाई नेपालले ६ विकेट गुमाएर १ सय विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । 
यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए । यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।
बलिङतर्फ पिएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी थिए । ट्वान्टी–२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो । टी–२० शृखंलामा अर्धसतक प्रहार गरेको दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोतकृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार