६ चैत,हेटौंडा। मकवानपुरका पत्रकारहरुलाई प्रदान गरिने तेस्रो तथा चौथो ‘हेटौँडा जर्नालिजम अवार्ड’ बैशाख १० गते शनिबार हेटौंडामा हुने भएको छ। न्यू मिडिया एकेडेमी एकेडमी प्रालिले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्ड यही महिनाको १० गते हेटौंडा-५ मा रहेको रिगल हेटौंडा रिसोर्टमा हुने जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा एकेडेमीका निर्देशक मणीराज गौतमले कोरोनाका कारण पछिल्लो दुई बर्ष देखी हुन नसकेको अवार्ड आउँदो बैशाख १० गते हुने जनाएका छन्।
कार्यक्रममा यस वर्ष उत्कृष्ट पत्रकार बर्ष अवार्ड(पुरुष तथा महिला) खोज पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम रेडियो पत्रकारीता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, खेलकुद पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड,आर्थिक पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट नवप्रवेसी पत्रकारिता बर्ष अवार्ड(महिला तथा पुरुष),उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड प्रदान गरिनेछ।२०७७ र २०७८ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहने जनाईएको छ । अवार्डमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षलाई सम्मान गर्ने जनाइएको छ।मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीराम अर्जुनले बताए ।
पत्रकार सम्सम्मेलन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का,नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,सदस्य सुदिप शिवाकोटी,पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरला अधिकारी, ध्रुव अधिकारी,निवर्तमान उपाध्यक्ष कुमार अधिकारीको उपस्थिती रहेको थियो।एकेडमीले २०७५ सालबाट मकवानपुरमै पहिलो पटक जर्नालिजम अवार्ड प्रदान गर्दै आएको छ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












