Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उद्यमशिलताबाटै आर्थिक समृद्धि : पुडासैनी

Photo-Chuchekhola-1508243482.jpg

३१ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनीले उद्यमशिलताबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले यसतर्फ लाग्न आग्रह गरेकी छिन् । 
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजना, जिल्ला वन कार्यालय,मकवानपुरको समन्वय र जुलोजिकल सोसाईटी अफ लण्डन, रेजिना फाउण्डेशनको सहयोगमा जिवीकोपार्जनका लागि व्यवसायिक छनौट तथा सीप विकास तालिमको समापन गर्दै पुडासैनीले उद्यमशिलता समृद्धिको मूल आधार भएको बताएकी हुन् । उनले व्यवसायिक योजना बनाएर काम गर्न सके सानो पूँजीबाट पनि आर्थिक उपार्जन गर्न सकिने बताउँदै समन्वय समितिले यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 
कार्यक्रममा मकवानपुर गढी–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, संचारकर्मी भीमसेन पौडेल, वन समूहका सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जुलोजिकल सोसाईटी अफ लण्डन सिमराका कार्यक्रम संयोजक प्रकाश सिग्देल, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला सदस्य कुमारसिं खड्का, हर्नामाडि इलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, समूहकी सचिव सरिता गौतम लगायतको सहभागिता रहेको थियो । 
समूहमा रहेका दलित, गरिव, सीमान्तकृत, जनजाती उपभोक्ता गरी ३५ जनाको सहभागिता रहेको तालिममा हेटौडा उपमहानगरपालिका प्रवन्धक विके महर्जन, उद्यम विकास शाखाका सहजकर्ता विकास श्रेष्ठ र लेखमान राउतले सहजीकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार