Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री देउवाद्वारा मन्त्रीपरिषदमा हेरफेर, माओवादीका मन्त्रीहरु विना विभागीय बनाइए 

Duba-1508245863.jpg

३१ असोज, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई विना विभागीय बनाएका छन् । सरकारबाट बाहिरिन गरेको आग्रह माओवादीले अस्वीकार गरेपछि प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी मुक्त गर्दै राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
जसअनुसार कमल थापालाई उपप्रधानमन्त्री तथा उर्जा, दिलनाथ गिरीलाई शहरी विकास, विक्रमवहादुर थापालाई महिला बालबालिका तथा समाज कल्याण र जयन्त चन्दलाई आपुर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री देउवाले यसअघि विज्ञान तथा प्रविधी मन्त्री रहेका दिपक बोहोरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । 
यस्तै यसअघि माओवादी केन्द्रले लिएको गृह, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैसंग राखेका छन् । यसैगरी कुन्तिकुमारी शाहीलाई शहरी विकास राज्यमन्त्री, सुशिल श्रेष्ठलाई आपूर्ति, कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाजकल्याण र भाष्कर भद्रालाई उर्जा आपूर्ति राज्य मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार