Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज तिहारको दोश्रो दिन, कुकुर तिहार मनाइँदै

Kukur-Tiar-1508290588.jpg

१ कार्तिक, हेटौँडा । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । 
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । 
घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ । 
यस्तै आजको दिनलाई नरके चतुर्दशी पनि भनिन्छ । आजको दिन  बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास गरिन्छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । य
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार