Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए सँग पराजित 

cricket-1024x683-1651451721.jpg

१९ बैशाख, हेटौंडा । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । 
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । नेपालले पहिलो विकेट २७ रन हुँदा गुमाएको थियो । ओपनर आशिफ शेख व्यक्तिगत ९ रनमा गुमाएको हो । 
त्यस्तै दोस्रो विकेट टिमको स्कोर ८४ रन हुँदा गुमाएको थियो । कुशल भुर्तेल ४६ रनमा आउट भएका थिए । ३१ बल खेलेका कुशलले ८ चौका प्रहार गरेका थिए । स्कोर बोर्डमा १२३ रन जोड्दा रोहित पौडेल ३६ रन बनाउँदै आउट भएका थिए । 
दिपेन्द्र २८  रनमा रनआउट भएका थिए । त्यस्तै आरिफ दुई रन बनाएर पविलियन फर्किए । मोहम्मद अदिल अन्सारी ४७ रनमा तथा करण केसी ४ रनमा अविजित रहे । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान एक एक विकेट लिए । 
जवाफमा जिम्बावे ए टिमले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको जिम्बावे ए टिमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । 
जिम्बावे ए टिमको जितमा इनोसेन्ट काइयाले ४७ रन बनाए भने टाडीवान्से मरुमानीले ५६ रन बनाए भने कप्तान टोनी मुनोयोंगाले ५० रन बनाए ।
जितसँगै जिम्बावे ’ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार