४ भदौं, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यता सिफारिसको माग गरेको छ । युनियनको शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा महासंघ मकवानपुर शााखाको नयाँ सदस्यता सिफारिसको विषयमा बाहिर आएका टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण व्यक्त गर्दै विधान अनुसार नयाँ सदस्यता सिफारिसको माग गरिएको हो ।
अध्यक्ष रुपेश दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघले पछिल्लो समय नयाँ सदस्यताका लागि सिफारिस गरेका नाममा पूर्ण समर्थन गर्दै महासंघको विधान अनुसार मकवानपुर शाखामा पेश भई सिफारिसमा छुटेका निवेदनलाई कार्यान्वयनका लागि यथाशिघ्र पहल गर्न माग गरिएको छ । युनियनले आग्रह पूर्वाग्रह भन्दा निष्पक्षताको आधारमा निवेदन उपर प्रक्रिया अघि बढाउँदा सबैको गुनासो सम्बोधन हुने विश्वास व्यक्त गर्दै यस कार्यमा सहयोग रहने जनाएको छ ।
युनियनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमाथि विभिन्न खाले आपेक्षपूर्ण अभिव्यक्ति सार्वजनिक भईरहेको भन्दै महासंघको मर्यादा कायम राख्न सम्बन्धित सबैलाई सचेत गराउन महासंघको ध्यानाकर्षण गराएको छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
(विज्ञप्ति)
नेपाल प्रेस युनियन
मकवानपुर
मिति ः २०७३÷०५÷०४
प्रेस विज्ञप्ति
प्रजातान्त्रिक एवं क्रियाशिल पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरले गरेका क्रियाकलापहरुलाई नजिकबाट सहयोग गर्दै आईरहेको छ । नेपाल पत्रकार महासंघलाई बलियो बनाउन युनियनले सदैव भुमिका निर्वाह गरेको सर्वविदितै छ । पछिल्लो समय नेपाल पत्रकार महासंघको नयाँ सदस्यता सिफारिसको विषयमा विभिन्न खाले टिप्पणी बाहिर आईरहेका छन् । महासंघले नयाँ सदस्यता वितरणका लागि सिफारिस गरेको नामबारे हाम्रो पूर्ण समर्थन छ । तर सदस्यता सिफारिसको सम्बन्धमा बाहिर आएका टिप्पणीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघको विधान अनुसार निवेदन दिएका धेरैले आफु सिफारिसका क्रममा छुटेको गुनासो गरिरहेको पाईएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ सदस्यता बारेको गुनासो समाधानका लागि महासंघको विधान अनुसार मकवानपुर शाखामा पेश भएका निवेदनलाई कार्यान्वयनका लागि यथाशिघ्र पहल गरियोस् भन्ने माग गर्दछौं । आग्रह पूर्वाग्रह भन्दा पनि निष्पक्षताको आधारमा निवेदन उपर प्रक्रिया अघि बढाउँदा सबैको गुनासो सम्बोधन हुने विश्वास व्यक्त गर्दै महासंघको यस कार्यमा युनियनको सहयोग रहने व्यहोरा अवगत गराउन चाहन्छौं ।
साथै पछिल्लो समय सामाजिक सञ्जालमार्फत पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमाथि विभिन्न खाले आपेक्षपूर्ण अभिव्यक्ति सार्वजनिक भईरहेको सन्दर्भमा महासंघको मर्यादा कायम राख्न महासंघले सम्बन्धित सबैलाई सचेत गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं ।
रुपेश दुलाल
अध्यक्ष
नेपाल प्रेस युनियन
मकवानपुर
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









