२४ बैशाख, हेटौंडा । आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने सवारी साधन सञ्चालनका लागि पनि मापदण्ड जारी गरेको छ ।
सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको सङ्ख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।
मापदण्ड अनुसार काठमाडौं उपत्यकाभित्रका सञ्चारमाध्यम अन्तर्गत ब्रोड सिटका दैनिक पत्रिकाले प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार सङ्कलनका लागि बढीमा २० गरेर बढीमा २५ वटासम्म सवारीसाधान सञ्चालनका लागि अनुमति दिइने छ ।
सूचना तथा प्रशारण विभागको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् । दैनिक पत्रिकाको हकमा प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार सङ्कलनका लागि बढीमा १० गरेर बढीमा १५ वटासम्म सवारी साधन सञ्चालन गर्नका लागि अनुमति पाउनेछन् ।
साप्ताहिक पत्रिकाको हकमा प्रत्येक संस्थालाई बढीमा तीन वटासम्म, टेलिभिजनलाई क्यामेरा सङ्ख्याका आधारमा प्रत्येक संस्थालाई १० वटासम्म, रेडियो तथा एफएमलाई प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि एक र समाचार सङ्कलनका लाग बढीमा सात वटासम्म सवारी साधन सञ्चालनका लागि अनुमति दिईनेछ ।
यस्तै अनलाइन समाचारका लागि प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि दुई र समाचार सङ्कलनका लागि बढीमा पाँच वटासम्म, फोटो पत्रकारको हकमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म, राष्ट्रिय समाचार समितिलाई बढीमा पाँच वटासम्म सवारी साधन सञ्चालनका लाग अनुमति दिईने मापदण्डमा व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका भन्दाबाहिरका सञ्चारमाध्यमको हकमा सूचना तथा प्रसारण विभागले तोकेको स्थानीय सञ्चार गृह वा जिल्लास्थित पत्रकार महासङ्घको कार्यालयको सिफारिसमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर सञ्चालन गर्न पाइनेछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमको हकमा सूचना तथा प्रसारण विभागकै सिफारिसमा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सञ्चालन गर्नुपर्ने छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







