Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचन सुनिश्चित गर्न सरकारमा : थापा

Kamal-Thapa-1508843850.jpg

७ कार्तिक, हेटौँडा । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आफ्नो पार्टी आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुनिश्चित गर्न सरकारमा गएको दावि गरेका छन् ।
राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले निर्वाचन सुनिश्चित गर्न मात्रै आफुहरु सरकारमा गएको दावि गरे । सत्तारुद दल नेकपा माओवादी प्रतिपक्षी दल नेकपा एमालेसँगको गठबन्धनमा गएपनि निर्वाचन धरापमा परेको उनको भनाई थियो । आफ्नो पार्टी र आफुलाई सत्ता लिप्साको आरोप लाग्ने गरेको भन्दै राप्रपा अध्यक्ष समेत रहेका थापाले राजनैतिक स्थिरता र निर्वाचन समयमै हुने सर्तमा मात्रै सरकारमा सामेल भएको बताए । 
आफु मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै उनले केन्द्रीय अध्यक्ष भएका नाताले देशभर पुग्नुपर्ने बाध्यतालाई बुझिदिन समेत आग्रह गरे । हेटौँडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्दै बैकल्पिक शक्तिको खाँचो राष्ट्रिय राजनीतिमा आवश्यक पर्ने भएकाले राप्रपाको विजय आवश्यक रहेको उनको भनाई थियो । 
जिल्ला अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपकबहादुर सिंह, मधु अधिकारी, पूर्व केन्द्रीय सदस्य नवराज विष्ट, पूर्व जिल्ला अध्यक्ष रामहरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार