Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

लिभरपुललाई हराउँदै रियल च्याम्पियन्स लिगको च्याम्पियन

real-win1653775375-1653786644.jpg

१५ जेठ, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१÷२२ को उपाधि जितेको छ  । फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरेका हुन् । 
त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड भएको थियो ।
यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ ।
यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले रियलका लागि एक र  एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

थप समाचार