Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका चौधरी प्रथम

285839795_517029294641832-1654254720.jpg

२० जेठ, हेटौंडा । ५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा शुक्रवार हेटौडामा भएको वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश कुमार चौधरी प्रथम भएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।  यसैगरी बंशगोपाल माविकी रोजा सुवेदी द्धितिय, ज्ञानदा माविकी जिनुका यादव तृतिय र अरनिको माविकी जेनिसा अर्याल सान्त्वना भईन् । 
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः २ हजार १ हजार ५ सय १ हजार र ५ सय नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा १३ वटा सामुृदायिक विद्यालयका २६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा र हेटौडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख शान्ति विकले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, भैरबडाडा सामुदायिक वनका अध्यक्ष उत्तम प्रसाद पौडेल लगायतको सहभागिता थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार