Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले टुंग्यायो थप ८ उम्मेदवारको नाम

congress-1509288179.jpg

१२ कार्तिक, हेटौँडा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले थप ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिको बैठकले आइतबार थप ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।
समितिले सिन्धुली–१ बाट प्रेमचन्द्र दाहाल, इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट केशव थापा, सिन्धुली–२ बाट नरेन्द्रजंग थापा, सुर्खेत–२ बाट हितराम थानी, काभ्रेपलाञ्चोक–१ बाट तीर्थ लामा, प्युठानबाट गोविन्द पोखरेल, डोटीबाट बीरबहादुर बलायर र सल्यानबाट राजेन्द्रबहादुर थापाको नाम टुंगो लगाएको हो । उनीहरुले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्ने निर्णय गरेको निर्वाचन प्रचार–प्रसार समिति संयोजक बालकृष्ण खाँणले जानकारी दिए । अहिलेसम्म कांग्रेसले ३० जना उम्मेदवारको टुंगो लगाएको छ । 
यसअघिको संसदीय समिति बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट, महामन्त्री डा. शशांक कोइराला नवरपुर–१ बाट, प्रकाशमान सिँह काठमाडौं–१ बाट, गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट र विमलेन्द्र निधि धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने निर्णय गरेको थियो ।
बैठकले ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४, विजयकुमार गच्छदार सुनसरी–३, पूर्णबहादुर खड्का सुर्खेत–१, महेश आचार्य मोरङ–४,रमेश रिजाल पर्सा–४, डा. शेखर कोइराला मोरङ–६, नविन्द्रराज जोशी काठमाडौं–८, डा. नारायण खड्का उदयपुर–१, डा. मिनेन्द्र रिजाल मोरङ–२, डा. प्रकाशशरण महत काठमाडौं–५, फरमुल्लाह मन्सुर बारा–३, एनपी साउद कञ्चनपुर–२, अर्जुनप्रसाद जोशी पर्वत–१, गगनकुमार थापा काठमाडौं–४, नारायणबहादुर कार्की उदयपुर–२ बाट र रमेश लेखकलाई कञ्चनपुर–३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार