Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले टुंग्यायो थप ८ उम्मेदवारको नाम

congress-1509288179.jpg

१२ कार्तिक, हेटौँडा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले थप ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिको बैठकले आइतबार थप ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।
समितिले सिन्धुली–१ बाट प्रेमचन्द्र दाहाल, इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट केशव थापा, सिन्धुली–२ बाट नरेन्द्रजंग थापा, सुर्खेत–२ बाट हितराम थानी, काभ्रेपलाञ्चोक–१ बाट तीर्थ लामा, प्युठानबाट गोविन्द पोखरेल, डोटीबाट बीरबहादुर बलायर र सल्यानबाट राजेन्द्रबहादुर थापाको नाम टुंगो लगाएको हो । उनीहरुले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्ने निर्णय गरेको निर्वाचन प्रचार–प्रसार समिति संयोजक बालकृष्ण खाँणले जानकारी दिए । अहिलेसम्म कांग्रेसले ३० जना उम्मेदवारको टुंगो लगाएको छ । 
यसअघिको संसदीय समिति बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट, महामन्त्री डा. शशांक कोइराला नवरपुर–१ बाट, प्रकाशमान सिँह काठमाडौं–१ बाट, गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट र विमलेन्द्र निधि धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने निर्णय गरेको थियो ।
बैठकले ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४, विजयकुमार गच्छदार सुनसरी–३, पूर्णबहादुर खड्का सुर्खेत–१, महेश आचार्य मोरङ–४,रमेश रिजाल पर्सा–४, डा. शेखर कोइराला मोरङ–६, नविन्द्रराज जोशी काठमाडौं–८, डा. नारायण खड्का उदयपुर–१, डा. मिनेन्द्र रिजाल मोरङ–२, डा. प्रकाशशरण महत काठमाडौं–५, फरमुल्लाह मन्सुर बारा–३, एनपी साउद कञ्चनपुर–२, अर्जुनप्रसाद जोशी पर्वत–१, गगनकुमार थापा काठमाडौं–४, नारायणबहादुर कार्की उदयपुर–२ बाट र रमेश लेखकलाई कञ्चनपुर–३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार