३० जेठ,हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको असार २ गते हुने निर्वाचन अन्तर्गत प्रमुख पदमा दुईजनाको मनोनयन दर्ता भएको छ।
आज तोकिएको मनोनयन कार्य तालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान र नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट जिसस प्रमुखमा उम्मेदवारी परेका घलान हेटौंडा-१२ का वडाध्यक्ष हुन भने डिम्डुङ ईन्द्रसरोबर-३ बाट निर्वाचित वडासदस्य हुन।
त्यसैगरी उपप्रमुखमा कांग्रेसबाट मात्र उम्मेदवारी परेको छ । उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उनी मनहरी-३ बाट निर्वाचित वडासदस्य हुन । यता उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन । लुइटेलको दाबी बिरोध नपरे उनी मतदान अघी नै निर्विरोध हुनेछन्
यस्तै महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, बिष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिना कुमारी थिङ लामाको उम्मेदवारी परेको छ ।महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको मकवानपुरका सहायक मतदान अधिकृत सागर शर्माले जानकारी दिएका छन् ।
निर्वाचनको कार्य तालिका २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्मको रहेको जनाइएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यकाे निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुनेछ ।जसमा कांग्रेसको ९,माओवादी केन्द्र ७ नेकपा एमाले ३ र नेकपा(एस)को १ जनप्रतिनिधि रहेका छन् ।जिसस नेतृत्वको लागि कांग्रेस, माओवादी केन्द्र र नेकपा एस विच गठबन्धन रहने बुझिएको छ । यदि गठबन्धन भए जिससमा गठबन्धनले क्लिन स्वीप गर्नेछ।
१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण...
१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय...
१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च...
१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
१५ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले फुटबल क्षेत्रको बिकासका लागि सरकारले सक्दो सहयोग गर्ने...
१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको...
१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री...
१५ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन...
१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका...
४ असार,हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ। मकवानपुरको...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
७असार,हेटौंडा।श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई दोषी ठहर गर्दै मकवानपुर अदालत अदालतले दोषी ठहर...
१४ असार,हेटौंडा। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई...