Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः घरेलु टोलीलाई हराउँदै आर्मी दोस्रोपटक च्याम्पियन

Makawnpur-goldcup-1655130809.jpg

३० जेठ, हेटौंडा । साविक विजेता नेपाल आर्मी क्लब घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । 
मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनल खेलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमल बहादुर थापाले गोल गरे । यस्तै घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो । लगत्तै १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो ।युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै विजय युथका डोना थापाले गोल फर्काए तर दोस्रो हाफको शुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । 
लगत्तै आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेश गोल गर्न चुकेका हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसेकपछि आर्मी च्याम्पियन बन्न सफल भयो ।
आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो । 
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी बिजय युथका कप्तान अशोक बराल घोषित भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट डिफेन्डर आर्मीका बिमल पाण्डे, उत्कष्ट मिडफिल्डर आर्मीकै बिवेक बस्नेत, उत्कृष्ट फरवार्ड आर्मीकै दिनेश हेन्जन र उत्कृष्ट प्रशिक्षक आमीकै नविन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरेका छन् ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । प्रतियोगिताका विजेता र उपविजेता टिम,सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी,कोच,मिडफिल्डरलाई,रेर्फ्री समापनका प्रमुख अतिथि नेपाली कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँले मोडल,सिल्ड र प्रशंसापत्र प्रदान गरेका थिए।मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १२ टोलीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार