Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आज विनियोजन विधयेक पारित गर्ने सरकारको तयारी

janardan-samsad-3-1655263618.jpg

१ असार, हेटौंडा । सरकारले विनियोजन विधयेक, २०७९ पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधयेक, २०७९ पारितको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
यस्तै आजको बैठकले आर्थिक विधेयक, २०७९ माथि दफावार छलफलको लागि दिन तोक्ने कार्यसूची रहेकोसंघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसअघि मन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन् । यस्तै मन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधयेक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि संसद्मा प्रस्तुत गर्नेछन् । 
आजको बैठकमा पनि विभिन्न मन्त्रीले आफ्नो मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा उठको प्रश्नहरुको जवाफ दिने तथा सांसद्हरूले गरेको खर्च कटौतीको प्रस्ताव संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिले हस्तक्षेप गरेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने बताएको छ ।
हिजोको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणमा भएको लापरवाहीबारे संसदीय छानबिन समिति गठन नहुँदासम्म सदन चल्न नसक्ने बताएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार