१४ कार्तिक, हेटौँडा । मकवानपुरमा टिकट वितरणमा असन्तुष्ट केही कांग्रेस नेताहरुले राप्रपालाई सहयोग नगर्ने जनाएका छन् । उनीहरुले सोमबार राति छापामार शैलीमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार कमल थापालाई सहयोग नगर्ने निर्णय गरेका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित पार्टीबाट प्रतिनिधि र प्रदेश सभामा टिकट नपाउने निश्चित भईसकेका र उनका निकटका नेताहरु रहेका थिए । उनीहरुले आफुहरुले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिन आग्रह गरेपनि वेवास्ता भएकाले पत्रकार सम्मेलन गरी असहयोग गर्ने जानकारी दिएको बताएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले केन्द्रले कुनै सुनुवाई नगरेपछि दबाव दिनका लागि पत्रकार सम्मेलन गरी जानकारी दिनुपरेको बताए । वक्ताहरुले मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसको लहर राम्रो रहेको भन्दै उम्मेदवारी दिनुपर्ने बताएका थिए । उनीहरुले राप्रपाको पक्षमा जनमत कमजोर रहेको भन्दै केन्द्रमा गठबन्धन भएपनि जिल्लामा सहयोग गर्न नसक्ने बताएका थिए ।
टिकटमा सिफारिस भएर नपाउने निश्चित भईसकेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा टिकट दावि गरिरहेका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, हेटौँडा उपमहानगरपालिकामा प्रमुखका प्रत्यासी एवं प्रदेश सभामा टिकटको दावि गरिरहेका आनन्दराम पराजुली, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभामा टिकट दावि गरिरहेका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्य भीमसेन महत, राजन खरेल लगायतले पत्रकार सम्मेलनको नेतृत्व गरेका थिए ।
केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर १ बाट उठ्ने जनाईएका इन्द्रबहादुर बानियाँ, पार्टी सचिब बुद्ध लामा, निवर्तमान सभापति सभापति रघुरमण न्यौपाने, पूर्व सभापति एवं प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालसहित जिल्लाका शिर्ष नेतृत्व पत्रकार सम्मेलनमा नहुनुले घटनालाई रहस्यमय बनाएको छ । हेटौँडाको एउटा होटलमा राति गरिएको पत्रकार सम्मेलनबारे सभापति बानियाँ र पार्टीले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैनन् । बानियाँलाई उम्मेदवार बनाउनुपर्ने बताईरहेका कार्यकर्ता र मतदातामा भने पत्रकार सम्मेलनले केही आशा पालाएको देखिन्छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







