१४ कार्तिक, हेटौँडा । मकवानपुरमा टिकट वितरणमा असन्तुष्ट केही कांग्रेस नेताहरुले राप्रपालाई सहयोग नगर्ने जनाएका छन् । उनीहरुले सोमबार राति छापामार शैलीमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार कमल थापालाई सहयोग नगर्ने निर्णय गरेका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित पार्टीबाट प्रतिनिधि र प्रदेश सभामा टिकट नपाउने निश्चित भईसकेका र उनका निकटका नेताहरु रहेका थिए । उनीहरुले आफुहरुले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिन आग्रह गरेपनि वेवास्ता भएकाले पत्रकार सम्मेलन गरी असहयोग गर्ने जानकारी दिएको बताएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले केन्द्रले कुनै सुनुवाई नगरेपछि दबाव दिनका लागि पत्रकार सम्मेलन गरी जानकारी दिनुपरेको बताए । वक्ताहरुले मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसको लहर राम्रो रहेको भन्दै उम्मेदवारी दिनुपर्ने बताएका थिए । उनीहरुले राप्रपाको पक्षमा जनमत कमजोर रहेको भन्दै केन्द्रमा गठबन्धन भएपनि जिल्लामा सहयोग गर्न नसक्ने बताएका थिए ।
टिकटमा सिफारिस भएर नपाउने निश्चित भईसकेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा टिकट दावि गरिरहेका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, हेटौँडा उपमहानगरपालिकामा प्रमुखका प्रत्यासी एवं प्रदेश सभामा टिकटको दावि गरिरहेका आनन्दराम पराजुली, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभामा टिकट दावि गरिरहेका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्य भीमसेन महत, राजन खरेल लगायतले पत्रकार सम्मेलनको नेतृत्व गरेका थिए ।
केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर १ बाट उठ्ने जनाईएका इन्द्रबहादुर बानियाँ, पार्टी सचिब बुद्ध लामा, निवर्तमान सभापति सभापति रघुरमण न्यौपाने, पूर्व सभापति एवं प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालसहित जिल्लाका शिर्ष नेतृत्व पत्रकार सम्मेलनमा नहुनुले घटनालाई रहस्यमय बनाएको छ । हेटौँडाको एउटा होटलमा राति गरिएको पत्रकार सम्मेलनबारे सभापति बानियाँ र पार्टीले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैनन् । बानियाँलाई उम्मेदवार बनाउनुपर्ने बताईरहेका कार्यकर्ता र मतदातामा भने पत्रकार सम्मेलनले केही आशा पालाएको देखिन्छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)