Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उठ्लान् त कमल थापा ?

Kamal-Thapa1-1509434820.jpg

१४ कार्तिक, हेटौँडा । गठबन्धनबाट उम्मेदवार बन्ने करिव निश्चित भईसकेका कमल थापा केही असन्तुष्ट कांग्रेसको कदम पछि के गर्लान् भन्ने चर्चा अहिले मकवानपुरमा छ । गठबन्धन भए जित सुनिश्चित रहेको भन्दै गाउँमा केही कार्यक्रम गरेर काठमाण्डौं फर्किएका थापालाई कांग्रेसको यो कदमले झड्का भने लागेको छ । 
तल्लो तहमा भन्दा सिधै केन्द्रमा तालमेलको गाँठो कसेका उनलाई स्थानीय कार्यकर्ताले गाँठो फुस्काई दिने चेतावनी दिएपछि तनाव बढेको छ । झापामा राप्रपाका राजेन्द्र लिङ्देलले उम्मेदवारी दिने तय भएको क्षेत्रमा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने कांग्रेस केन्द्रको निर्णयको असर मकवानपुरमा परेको राप्रपा मकवानपुरका नेताहरुको भनाई छ । उनीहरु अझै पनि कांग्रेसले अहिलेको तनावलाई मिलाउनेमा आशावादी रहेका छन् ।
एक जिल्ला नेताका अनुसार केन्द्रीय तह र जिल्लाका शिर्ष तहमा दुई पार्टीबीच छलफल भईरहेको भन्दै सोमबार रातिको पत्रकार सम्मेलनले गठबन्धनमा असर नपर्ने दावि गरेका छन् । ‘असन्तुष्ट केही नेताहरुले पत्रकार सम्मेलन गरेका रहेछन्’–उनले भने–‘पार्टीको आधिकारिक धारणा र शिर्ष नेतृत्वको उपस्थिति नभई अहिले नै अड्कलबाजी गर्नु ठिक हुँदैन ।’
तर राप्रपा अध्यक्ष कमल थापाले भने कांग्रेसकै सहयोगमा उम्मेदवार बन्ने जनाएका छन् । केन्द्रीय कार्यसमितिको निर्णयमा पनि थापालाई मकवानपुर क्षेत्र नम्बर १ मा उठाउने निर्णय राप्रपाको छ । सामाजिक सञ्जाल ट्वीटरमा आफु राप्रपाको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने जनाउँदै सहयोगका लागि उनले अपिल गरेका छन् । 
उनले अपिल गरेको केही बेरपछि नै कांग्रेसमा असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी सहयोग नगर्ने घोषणा गरेपनि भने कमल थापा के गर्लान् भन्ने अन्यौलता बढेको छ ।

Kamal-Thapa-Tweet-1509434838.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार