Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

Anfa-1-1655700456.jpg

६ असार, हेटौंडा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नेतृत्त्व चयनका लागि आज चुनावी साधारणसभा हुँदै छ । बिहान ९ बजे बुढानिलकण्ठस्थित एक रिसोर्टमा सुरु भएको साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 
२१ सदस्यीय कार्य समितिको चयनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङका साथै पूर्व अध्यक्ष राजीव पौडेल चुनावी प्रतिस्पर्धामा छन् । एन्फा निर्वाचनमा ८४ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
चुनावी साधारण सभा विहानैबाट सुरुभएपनि नयाँ नेतृत्वको लागी भने मतदानको प्रक्रिया २ बजेदेखि सुरु हुने छ । ४ बजेसम्म मतदानको समय दिइने र त्यसपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि ५ प्रकारका मतपत्र बनाइएको छ । 
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सदस्य र महिला सदस्यका लागि छुट्टा छुट्टै मत पत्र तयार पारिएको हो । अध्यक्षमा ३ जना उम्मेदवार रहेकाले कुनै एक उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसेको दोस्रो चरणमा निर्वाचन गराउनु पर्ने प्रवाधान रहेको छ । यस्तोमा धेरै मत ल्याउने २ जनाबीच पुनः चुनाव हुनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार