Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मनहरीको नीति तथा कार्यक्रमः शिक्षा तथा पुर्वाधारमा जोड

290062733_109841562110680-1656117192.jpg

११ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीका लागि १२ कक्षासम्म निशुल्कः शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्ने भएको छ । 
शुक्रबार गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् । विद्यालयबाट विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्नको लागि विपन्न वालबालिका गरिवसंग विश्वेश्वर सहायता कोष स्थापना तथा सञ्चालन गर्ने बताए । गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष जोड दिएको छ । 
गाउँपालिकाले प्रक्षेपण गरेको आन्तरिक राजस्व विशेष गरी ढुंगागिटी, बालुवाको विक्री शुल्कबाट प्राप्त हुनुपर्ने लक्ष्य अनुसारको राजस्व रकम प्राप्त हुन नसक्दा समग्र गाउँपालिकाका विकास योजना र रोजगारीको क्षेत्र संकुचन भएकोले ठेक्का लगाउने व्यवस्थाका लागि पहल गर्ने, कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक सेवा नागरिकका घरदैलोमा पहुँच पु¥याउन दरवन्दी अनुरुपका कर्मचारी पदपुर्ति गर्ने, सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिइने भएको छ । 
यस्तै डेरीमा दुग्ध बिक्री गर्ने किसानलाई गाउँपालिकाले प्रति लिटर थप २ रुपैयाँ उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाउने भएको छ । एक वडा, एक क्षेत्र, एक बालीको नीतिलाइ प्राथमिकता, गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग स्थापनालाई प्रोत्साहित गरिने, बढ्दो नदीको सतहका कारण हुने जोखिम न्यूनीकरण तथा धेरै क्षेत्रमा प्रदुषण फैलन नदिनका लागि मनहरीको ८ र ९ का सुरक्षित राप्ती बगर क्षेत्रमा व्यवस्थित नदीजन्य पदार्थ प्रशोधन उद्योगहरु एकीकृत रुपमा सञ्चालन गरिने भएको छ । 
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तु र प्राकृतिक मनोरम दृष्य अवलोकनका लागि गोदामचौरलाई विशेष क्षेत्र घोषणा गरी आवश्यक पूर्वाधार निर्माण गरिने, गाउँपालिकाको गौरवका आयोजना रजैया लामीटार मकरी सडक अन्तर्गत पर्ने ५ वटा पक्की पुलहरुको निर्माणको लागि यथेष्ट बजेट ब्यवस्था गरिने, महत्वपूर्ण सडकलाई संघ तथा प्रदेश सरकारसंगको सह–लगानीमा कालोपत्रे तथा ढलान र भित्री सडकमा ग्राभेल गरिने भएको छ । 
प्रत्येक वडाको बजार क्षेत्र तथा मुल बाटोमा वैकल्पिक उर्जा सोलार बत्ती जडान गर्ने, रजैया र दर्दरा जोड्ने राप्तीखोलामा पक्की पुलको लागि प्रदेश सरकारसंग आवश्यक पहल गर्ने, बस्ती डुबानको जोखिम न्यूनीकरण गर्न राप्ती किनारमा तटबन्धन गर्ने उल्लेख छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार