१२ असार, हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको ज्यादतीका कारण मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा विकास निर्माणको काममा अवरोध हुने गरेको छ । गाउँको अत्यावश्यक क्षेत्रको विकासमा समेत निकुञ्जले अवरोध पु¥याउने गरेको गुनासोहरु बेलाबखत आउने गरेको छ ।
यस्तैमा हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको तल्लो रमन्टार खानेपानी व्यवस्थापन उपभोक्ता समितिको लागि विनियोजन भएको बजेट पर्सा राष्ट्रिय निकुञ्जले काम गर्ने अनुमति नदिँदा फ्रिज हुने भएको छ ।
उक्त क्षेत्रमा सम्पवेल र गार्ड हाउस बनाउनका लागि निकुञ्जले इजाजत नदिएका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार पोखरेलले जानकारी दिए । इजाजत लिन जाँदा मन्त्रीपरिषद्को निर्णय लिएर आउनु भन्ने निर्देशन दिएको उनले गुनासो गरे ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय हेटौंडाका इन्जिनियर सुरज केसीले उक्त परियोजनाको लागि बजेट छुट्याइए पनि तोकिएको समयमा काम हुन नसक्दा बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए ।
यता पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर विवश कलौनीले सार्वजनिक क्षेत्रमा पर्ने जग्गाको अनुमति निकुञ्जले दिन नमिल्ने प्रतिक्रिया दिए । तटबन्धन गर्न, बाटो ग्राबेल गर्न निकुञ्जले कुनै किसिमको रोकतोक भने नगरेको कलौनीले दावी गरे ।
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...