१२असार,हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ। संस्थाको आफ्नो भवनमा आयोजित कार्यक्रममा संस्थाले आव२०७९।०८०मा गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा संस्थाले आगामी आर्थिक वर्षमा सहकारी शिक्षा शिविर,ज्येष्ठ नागरिक तिर्थाटन, स्थापना दिवस, सदस्यता वृद्धि, आयआर्जन, तालिम, गोष्ठी, भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गरेको छ।
त्यसैगरि निःशुल्क स्वास्थ्य शिविर, विभिन्न कार्यविधि निर्माण, लघुवित्त समूह परिचालन, ज्येष्ठ शेयर सदस्य, आर्दश बुहारी र उत्कृष्ठ शेयर सदस्य सम्मान, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान, संस्थागत विकास लगायतका कार्यहरु गरिने संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, संस्थाका पूर्व व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, सञ्चारकर्मी भीमसेन पौडेल, शेयर सदस्य प्रकाश ढुङगाना लगायतकाले संस्थाले प्रस्तुत गरेको प्रतिवेदन माथि विभिन्न सुझावहरु पेश गरेका थिए ।कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, पूर्व पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।२ हजार ७ सय १० जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २ करोड ४९ लाख, निक्षेप १७ करोड ५२ लाख र कर्जा लगानी १९ करोड ८१ लाख रहेको संस्थाद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...