१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल सुधारका लागि पहल गरिरहेका युवा अभियन्ताहरुको टोलीसंग मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउने बताएका हुन् ।
उनले नीतिगत एवं कानूनी र अन्य केही समस्याका कारण अस्पतालले सोचेजस्तो गति लिन नसकेको भन्दै यसलाई समाधान गर्दै भौतिक संरचना र जनशक्ति बढाएर अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने बताएका छन् । युवाहरुको टोलीले अस्पताल सुधारका लागि गरेको खबरदारीको प्रशंसा गर्दै उनले मन्त्रालय र अभियन्ताहरुको एउटै चाहाना अस्पताललाई राम्रो बनाउने भएकाले सहकार्य गर्ने बताए । आगामी आर्थिक बर्षमा अस्पतालको पूर्वाधार एवं उपकरणको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको र काठमाडौंका विभिन्न अस्पतालसंगको सहकार्यमा सेवा सुधार एवं विस्तारको काम गर्न लागेको मन्त्री लामाले बताए ।
अस्पतालको बेड क्षमता बढाउने र जनशक्ति थप्ने काममा समेत मन्त्रालयले नीति तथा कार्यक्रममै समावेश गरेर काम अघि बढाएको उनको भनाई छ । स्वास्थ्य विमाका कारण अस्पतालमा विरामीको चाप बढेकोमा आफु जानकार रहेको बताउँदै उनले विमा बापतको रकम भुक्तानीमा ढिलाई हुँदा अस्पताल समेत समस्या रहेकाले यसलाई पनि समन्वय गर्ने बताए । अस्पतालका जनशक्तिहरुले जिम्मेवारीपूर्वक काम गर्ने, मन्त्रालयले परेको समस्या समाधान गर्ने र सरोकारवाला पक्षले कमजोरीलाई औल्याउँदै समाधानमा सहयोग गर्ने हो भने हेटौंडा अस्पताल छिट्टै नमूना अस्पताल बन्ने मन्त्री लामाको विश्वास छ ।
छलफलमा युवा अभियन्ताहरुको टोलीले अस्पतालमा चिकित्सक एवं कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका, उपकरण व्यवस्थापन, कर्मचारीको दरबन्दी व्यवस्थापन, बढ्दो चापलाई मध्यनजर गर्दै सेवा प्रवाहको रणनीति लगायतका विषयमा मन्त्री लामाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले अस्पताल सुधारका लागि मन्त्रालयले गरेका काममा आफुहरु समेत सहयोग गर्न तयार रहेको बताए ।
छलफलमा अस्पताल सुधारका अभियन्ता दिपेन्द्रचन्द ठकुरी, किशोर अर्याल, रामशरण कार्की, कृष्णराज कोइराला र दिनेश वाईवा लामा लगायतको उपस्थिति रहेको थियो ।
२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...
२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...
२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...
२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...
२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...
२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...
२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ । भक्तपुर–९ भाने चोकमा...
२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...