Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि हुने

173431564_490099662115318-1656375936.jpg

file photo

१४ असार, हेटौंडा । मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गते देखि हेटौडामा हुने भएको छ । 
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज बसेको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको हो । स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् । 
सबै पालिकाहरुलाई छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरुले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए । जति पालिकाले छनौट गरेका छन उनीहरु वीच बाटै जिल्ला प्रतियोगिता हुने पनि दाहालले बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम निर्देशन समितिका संयोजक वेस खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति,जिल्ला प्रहरी,जिल्ला शिक्षा ईकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र साही,विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरुको बैठकमा सहभागिता थियो । 
जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले काठमाण्डौमा असार २५ गते देखि हुने प्रदेशस्तरिय प्रतियोगितामा भाग लिने छन् । अहिले सम्म हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका र  इन्द्रसरोबर गाउँपालिकाले स्थानिय छनौट गरेका छन भने बकैया, गढी र कैलासले छनौट गर्ने जानकारी दिएको दाहालले जानकारी दिए ।
राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स, भलिवल, कबड््डी, कराते, तेक्वान्दो र उसु खेलका गरि ४८ स्वण पदकका लागि प्रतियोगिता हुने पनि दाहालले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार