Email :- prastakhabar@gmail.com
समाज

आजदेखि मनुसन सक्रिय हुने, सावधानी अपनाउन आग्रह

Heavy_rainingg_2018072807-1656376841.jpg

१४ असार, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारदेखि मनुसनको प्रभाव नेपालका विभिन्न ठाउँहरूमा हुने जनाएको छ । महाशाखाले सोमबार विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने उल्लेख गरेको छ ।
महाशाखाका अनुसार असार १२ गते आइतबारदेखि सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली पुगिसकेको छ । योसँगै देशभरी मनुसनी वायुको प्रभाव थप सक्रिय भएको महाशाखाले जानकारी दिएको छ । मंगलबारदेखि बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको नजिक आइपुग्ने सम्भावना रहेकाले थप सक्रिय हुने बताइएको छ ।
धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षासँगै प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै मंगलबारदेखि बिहीबारसम्म कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी भई एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।
विभागले मध्यम तथा भारी वर्षाका कारण देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको जनाएको हो । ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले प्रक्षेपण गर्दै सबैलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु अनुरोध समेत गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त
FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत
सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण
Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु
20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा
party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु
Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...

सुनचाँदीको मूल्य घट्यो
Gold-1659856159.jpg

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...

थप समाचार