Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आज असार १५, राष्ट्रिय धान दिवस मनाईदैँ

dhan-diwas-8-1561858126-1656462207.jpg

file photo

१५ असार, हेटौँडा । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । 
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । 
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । 
यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । 
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । 
असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

थप समाचार