६ भदौं, हेटौँडा । यातायात व्यवस्था कार्यालय बीरगंजले मकवानपुरका ६ सडकलाई अस्थायी बाटो कायम गरेको छ । अञ्चल यातायात व्यवस्थापन समिति बीरगञ्जको भदौ ५ गतेको निर्णय अनुसार सवारी साधन संचालनका लागि अस्थायी बाटो कायम गर्ने निर्णय भएको हो ।
जिल्ला यातायात व्यवस्थापन समितिको जेठ ५ गतेको बैठकले ६ वटा सडकलाई अनुमतिका लागि बीरगंज पठाएको थियो । यातायातले फुर्केचौर–छतिवन–हात्तिसुँडे हुँदै फापरवारी हेटौँडा सडक, पालुङ डाँडाबास पकनी सडक, कुलेखानी चित्लाङ सडक, बिसखेल बज्रबाराही हुँदै कुन्छाल सडक, हेटौँडा ठिंगन (कान्तिराजपथ) सडक र चुनियाँ नामटार हुँदै भाल्टार सडकलाई अस्थायी बाटो कायम गरेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
६ वटा सडक प्राविधिक अध्ययन गरी सडक सवारी चल्न योग्य भनि अस्थायी सडकका लागि सिफारिस भएका थिए । बाँकी सडक यकिन गरी प्राविधिक प्रतिवेदन पेश गर्न जिल्ला यातायात व्यवस्थापन समितिमा पेश गर्न निर्देशन दिईएको छ । अस्थायी बाटो कायम भएका सडकमा नियमानुसार इजाजत लिई यातायात संचालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।
सहायक प्रजिअ पन्तद्वारा जारी विज्ञप्तिमा सवारी साधनमा क्षमता भन्दा बढि यात्रु नराख्न, मालवाहक सवारी साधनले क्षमता भन्दा बढि भारबहन नगर्न सरोकारवालालाई आग्रह गरिएको जनाईएको छ । सडक दुर्घटनालाई मध्यनजर गर्दै राष्ट्रिय लोकमार्ग र मूख्य मार्गहरुमा कुनै पनि कार्यक्रम आयोजना नगर्न समेत भनिएको छ ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















