Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बैद्य छोडेर मकवानपुरका नेता विप्लवतिर

1-1509536580.jpg

१५ कार्तिक, हेटौँडा । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेताहरुले मकवानपुरमा पार्टी परित्याग गरेका छन् । उनीहरुले क्रान्तिकारी माओवादी परित्याग गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समावेश भएको जनाएका हुन् । 
हेटौँडामा भएको ध्रुविकरण कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन जिल्ला इन्चार्ज रामशरण कार्की, जिल्ला सचिवालय सदस्य एवं युनियनका जिल्ला संयोजक शिवप्रसाद पौडेल, जिल्ला सदस्य राजकुमार कुँवर, मुस्लिम मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष शेख जागिर, क्रान्तिकारी यातायात मजदुर संघका जिल्ला कोषाध्यक्ष कृष्ण्बहादुर कार्की, यातायातका जिल्ला सहसचिव जनक केसीले बैद्य माओवादी छोडेको जनाएका हुन् । 
त्यस्तै, यातायात जिल्ला सदस्य भरत देवकोटा, हरिप्रसाद पाण्डे, देवबहादुर श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुले विप्लव माओवादीमा समावेश भएको जनाएका छन् । उनीहरुले बैद्य माओवादी पोखरा सम्मेलनबाट सैद्धान्तिक रुपमा विचलित भएको र संसदीय व्यवस्थाको उपयोगतर्फ लागेकाले पार्टी परित्याग गर्नुपरेको जनाएका थिए । 
नेकपाका नारायणी व्यूरो ईन्चार्ज एवं केन्द्रीय सदस्य चिरन पुनको प्रमुख आतिथ्यता एवं जिल्ला सेक्रेटरी बीरबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्ला इन्चार्ज ईन्द्रबहादुर परियार, मजदुर विशेष सेक्रेटरी गोकुल दाहाल लगायतको सहभागिता रहेको थियो ।

2-1509536580.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार