Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बैद्य छोडेर मकवानपुरका नेता विप्लवतिर

1-1509536580.jpg

१५ कार्तिक, हेटौँडा । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेताहरुले मकवानपुरमा पार्टी परित्याग गरेका छन् । उनीहरुले क्रान्तिकारी माओवादी परित्याग गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समावेश भएको जनाएका हुन् । 
हेटौँडामा भएको ध्रुविकरण कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन जिल्ला इन्चार्ज रामशरण कार्की, जिल्ला सचिवालय सदस्य एवं युनियनका जिल्ला संयोजक शिवप्रसाद पौडेल, जिल्ला सदस्य राजकुमार कुँवर, मुस्लिम मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष शेख जागिर, क्रान्तिकारी यातायात मजदुर संघका जिल्ला कोषाध्यक्ष कृष्ण्बहादुर कार्की, यातायातका जिल्ला सहसचिव जनक केसीले बैद्य माओवादी छोडेको जनाएका हुन् । 
त्यस्तै, यातायात जिल्ला सदस्य भरत देवकोटा, हरिप्रसाद पाण्डे, देवबहादुर श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुले विप्लव माओवादीमा समावेश भएको जनाएका छन् । उनीहरुले बैद्य माओवादी पोखरा सम्मेलनबाट सैद्धान्तिक रुपमा विचलित भएको र संसदीय व्यवस्थाको उपयोगतर्फ लागेकाले पार्टी परित्याग गर्नुपरेको जनाएका थिए । 
नेकपाका नारायणी व्यूरो ईन्चार्ज एवं केन्द्रीय सदस्य चिरन पुनको प्रमुख आतिथ्यता एवं जिल्ला सेक्रेटरी बीरबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्ला इन्चार्ज ईन्द्रबहादुर परियार, मजदुर विशेष सेक्रेटरी गोकुल दाहाल लगायतको सहभागिता रहेको थियो ।

2-1509536580.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार