Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचनको आयोजना

tirtha-sth-1024x768-1656808717.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम भएको छ । 
नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ गरिएको हो । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै नभई गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् । 
मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले बताए । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । 
शनिवारको कार्यक्रममा कवि श्रेष्ठले आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल, म तिम्रो नाम फेर्न चाहान्छु लगायतका दर्जनौं कविताहरु प्रस्तुत गरेका थिए । कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । 
कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा लगायत मकवानपुरका साहित्यकारहरुको उपस्थिती रहेको थियो । कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखीलले कवि श्रेष्ठको बारेमा चर्चा गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार